काठमाडौं । फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

जारी फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याउँदै नयाँ कीर्तिमान कायम गरेका हुन्।

ADVERTISEMENT

एमबाप्पेले तीन संस्करणको विश्वकपमा २२ गोल गरेका छन्। यसअघि विश्वकपमा सर्वाधिक २१ गोल गर्ने कीर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा थियो, जसलाई एमबाप्पेले पछि पारेका छन्।

ADVERTISEMENT

जारी विश्वकपमा पनि एमबाप्पे उत्कृष्ट गोलकर्ताको दौडमा अग्रस्थानमा छन्। उनले हालसम्म १० गोल गरिसकेका छन् भने मेसीले ८ गोल गरेका छन्। फ्रान्सका स्टार फरवार्ड एमबाप्पेले व्यक्तिगत प्रदर्शनमार्फत विश्वकप इतिहासमा नयाँ अध्याय लेखेका छन्।