काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष झाले सञ्चार गृहलगायतका स्थानमा गाडी तेर्स्याएर अवरोध गर्ने कार्यको विरोध गरेका छन्। उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै झाले सञ्चार गृहलगायतका स्थानमा गाडी राखेर अवरोध गर्नु गलत भएको उल्लेख गरेका छन्। उनले राज्यले नागरिकको चिन्ता सम्बोधन गर्नुपर्ने भए पनि उल्टै थप त्रास सिर्जना गर्ने काम गर्नु अनुचित भएको बताएका छन्।

सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले, “यस्तो बचपना देखाएर राजकाज चल्छ र ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ?” भन्ने टिप्पणी गरेका छन्।

ADVERTISEMENT

झाले अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासनविपरीत हुने यस्ता गतिविधिप्रति आफ्नो घोर आपत्ति रहेको समेत जनाएका छन्।

ADVERTISEMENT