जनकपुरधाम । प्रमुख प्रतिपक्षी दलको अवरोध हटेसँगै मधेश प्रदेश सरकारले विनियोजन विधेयक, २०८३ प्रदेशसभामा प्रस्तुत गरेको छ।

बजेटसम्बन्धी विवादका कारण जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका कारण विधेयक प्रस्तुत हुन सकेको थिएन।

ADVERTISEMENT

विवाद समाधानका लागि आइतबार कार्यदल गठन गर्ने सहमति भएपछि सदनको अवरोध हटेको थियो। त्यसपछि अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत गरेका हुन्।

प्रदेशसभाको बैठकमा विधेयक प्रस्तुत भएपछि सभामुखले अर्को बैठक असार ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

ADVERTISEMENT