काठमाडौं — काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।

आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका राउतलाई तत्काल प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो। उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो।

ADVERTISEMENT

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार उपचारकै क्रममा उनको केहीबेरअघि मृत्यु भएको हो। राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो।

राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए। उनले आत्मदाहको प्रयास गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADVERTISEMENT