काठमाडौं — निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१/८२ शुक्रबार प्रतिनिधिसभामा पेश गरिएको छ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेश गरेकी हुन्।
त्यसै बैठकमा उनले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१/८२ तथा राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१/८२ पनि प्रतिनिधिसभामा पेश गरिन्।
संविधानअनुसार संवैधानिक निकायहरूले तयार गरेका वार्षिक प्रतिवेदन संघीय संसद्मा पेश गर्नुपर्ने व्यवस्था रहेकाले ती प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो।






