सिरहा – सिरहामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
गोलबजार नगरापालिका-९ चोहवामा मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिंङ स्कुलको बसमा सोही दिशाबाट आउँदै गरेको म.प्र.०१-००५ प ३४०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे ।
बसकाे ठक्करबाट मृत्यु भएका युवकको परिचय खुलेकाे छैन । दुर्घटनामा मिर्चया-५ का २४ वर्षीय शंख रिहान र १९ वर्षीय यनतियाज राइन घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको बस एक्कासि उत्तर गोविन्दपुरतर्फ मोडिंदा सोही दिशाबाट आउँदै गरेको मोटरसाइकल बसमा ठोकिएको प्रहरीको भनाइ छ ।





