काठमाडौं । बाजुराको गौमुल गाउँपालिकामा सुन्तलाको रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ।जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार गौमुल गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो।
प्राप्त जानकारीअनुसार दलबहादुर सुन्तलाको बोट काँटछाँट गर्ने क्रममा रुखबाट खसेका थिए। गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
स्थानीयका अनुसार रोकाया जिल्लाका अग्रणी किसानमध्ये एक थिए। विशेषगरी सुन्तला खेतीमा उनको सक्रियता रहेको थियो।घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ।




