काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार लचिलो मौद्रिक नीति ल्याउने सम्भावना भएकाले पनि सेयर बजार बढेको हो । पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.५७ अंक बढेर २६५१.६८ विन्दुमा पुगेको छ। आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत बढेको छ। बैंकिङ र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ। सोमबार तीन अर्ब ५५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५२ स्टकको ७२ हजार २२ पटकको कारोबारमा चार अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँबराबरको ९५ लाख १९ हजार कित्ता शसेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को २० करोड ७५ लाख रुपैयाँबराबरको सो डिबेञ्चर कारोबार भएको छ। त्यस्तै, करिब १८ करोड रुपैयाँको १०.३५ प्रतिशत एग्रीकल्चर बैंक डिबेञ्चर २०८३ कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

मंगलबार कालंगा हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ६७ रुपैयाँ ३० पैसा बढेर ५१६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। आरबिबि फोकस ४० को इकाईमूल्य करिब १४ प्रतिशत बढेको छ भने सानिगाड हाइड्रोको सेयरमूल्य साढे १० प्रतिशत बढेको छ।

ADVERTISEMENT

राष्ट्र बैंकले आज विज्ञ र लगानीकर्ताहरुको सुझाव समेटेर लचिलो र सुधारमुखी नीति ल्याउने अपेक्षा गरिएको छ। आगामी मौद्रिक नीति सुस्ताएको उत्पादन, घट्दो माग र शिथिल शेयरबजारलाई पुनर्जीवन दिने दिशामा केन्द्रित हुने लगानीकर्ताहरुको अपेक्षा छ।