काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ वर्तमान सरकारको सय दिने कार्यप्रगतिबारे सन्तुष्ट छैनन् । उनले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

दार्चुलाको दुर्गम गाउँमा झोलुंगेपुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्कने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन् ।

ADVERTISEMENT

राईले सरकारले केही गर्ने कोसिस गरे पनि जनताले महसुस हुने गरी परिणाम दिन नसकेको दाबी गरे । उनले महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गराए । सरकारले सय दिनमा गरेका कामहरूको जनताले महसुस गरेजस्तो आफ्नो अनुभूति नरहेको उनको भनाइ छ ।

ADVERTISEMENT

‘कोसिस उहाँहरूले गर्नुभएको हो । तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस भएको छैन । रिजल्ट भएको महसुस हुनुपर्दछ । महँगीहरू धेरै भयो । अब महँगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो । म दार्चुला हुँदा देखेको थिएँ त्यता आमसञ्चार छैन । अब हेर्न पनि पाइँदैन । पेट्रोलको भाउ अलि घट्यो रे भन्ने छ,’ उनले भने ।

राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गरे । उनले दार्चुला जिल्ला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुसी भएको पनि बताए । राईले आफ्नो पार्टीलाई क्युआर पार्टी भनेर होच्याउने गर्नेलाई अहिलेसम्म कति सहयोग गरेको हो देखाउन चुनौती दिए ।

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले गठन भएको सय दिनको अवसरमा शनिबार आफ्नो कार्यप्रगति गर्ने भएको छ ।