काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २१ लाख ४० हजार ५४६ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८२, नियमविपरीत राइड सेयरिङ गरेका १०१, संकेत बत्ती उल्लंघनकर्ता १०५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११७ जनालाई कारबाही गरिएको हो ।

ADVERTISEMENT

यसैगरी, लेन अनुशासन पालना नगर्ने ७७, निषेधित क्षेत्रमा हर्न बजाउने ६१, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने २२, एकतर्फी सडकमा सवारीसाधन चलाउने ५४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५३८ जनालाई कारबाही गरिएको हो ।