काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो।
पौडेल पत्नी दोमायाले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित असार १० मा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन्। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ मा महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ मा सुनुवाइ गर्ने आदेश दिएको थियो।
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।
पहिलोपटक दिइएको सात दिनको म्याद सकिएपछि विशेष अदालतले हिजो थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । विवादास्पद व्यापारी दीपक भट्टसँग पौडेलको व्यापारिक कनेक्सन आशंकामा प्रहरीले पक्राउ गरेको थियो।





