काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो साता पाँचै दिन नेप्से परिसूचक घटेकामा आज पनि त्यसलाई निरन्तरता दिएको छ ।

सोमबार नेप्से परिसूचक १६.५४ अंक घटेर २६३२.९६ विन्दुमा झरेको छ । १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशत घटेको छ । वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

ADVERTISEMENT

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार तीन अर्ब ९४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५१ स्टकको ४४ हजार ९४२ पटकको कारोबारमा दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको ७६ लाख ९९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

सोमबार ग्लोबल आइएमई बैकको आठ करोड ८३ लाख ६२ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । सोपान फर्मास्यूटिकल्सको करिब आठ करोड ८० लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे आठ करोड रुपैयाँ नाघेको छ ।

ADVERTISEMENT

आज चार स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्था छन् । कारोबारमा आएको स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सबैभन्दा बढी ५.८३ प्रतिशत घटेको छ ।