काठमाडौं । हालै प्रकाशित कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले यसबारे प्रस्टीकरण दिएका छन् ।

हाल रास्वपा महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाबारे उठेका विभिन्न प्रश्न र टिप्पणीहरूबिच सम्बन्धित निकायले नतिजा प्रकाशन प्रक्रिया पारदर्शी, व्यवस्थित र समयमै सम्पन्न गरिएको दाबी गरेका छन् ।

ADVERTISEMENT

बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले नतिजा प्रकाशन प्रक्रियाप्रति आफूहरू स्पष्ट र विश्वस्त रहेको उल्लेख गर्दै नतिजा प्रकाशन गर्न कुनै हतार नगरिएको बताएका छन् । आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याएर निर्धारित समयमा नै नतिजा सार्वजनिक गरिएको उनको दाबी छ ।

ADVERTISEMENT

‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो। तथापि, यस विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति हामी सम्मान व्यक्त गर्दछौँ। लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ,’ उनले भनेका छन् ।

विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको उनको भनाइ छ सम्बन्धित निकायले असहमति र फरक विचारलाई सभ्य तथा मर्यादित ढंगले अभिव्यक्त गर्नुपर्नेमा जोड दिँदै सामाजिक उनले सदभाव कायम राख्न र जिम्मेवार बन्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

विद्यार्थीहरुले नतिजा छिटाे ल्याउने र लाेकप्रियता कमाउने नाममा ग्रेड कम आएकाे भन्दै आफूहरुकाे भविष्यमा खेलवाड गरेकाे आराेप लगाएका छन् ।