काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१ /८२ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। बैंकले चालु वर्षको चौथो त्रैमासमा रु. २ अर्ब १ करोड १४ लाख ६१ हजार नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले बढी हो।

बैंकको निक्षेप संकलन १६.०९ प्रतिशतले वृद्धि भई कुल रु. १ खर्ब ८४ अर्ब १६ करोड ४९ लाख पुगेको छ। यस्तै, कर्जा प्रवाहमा पनि ११.७४ प्रतिशतको वृद्धिसँगै कुल कर्जा रु. १ खर्ब ४१ अर्ब ६३ करोड पुगेको छ।

ADVERTISEMENT

बैंकको खुद ब्याज आम्दानी  मा १५.४१ प्रतिशतको वृद्धि देखिएको छ भने सञ्चालन नाफा झन्डै दोब्बर अर्थात् ९९.९१ प्रतिशतले बढेको देखिन्छ। विशेषगरी कोषको लागतमा आएको २७.९४ प्रतिशतको कमिले  बैंकले आफ्नो चालु खर्च घटाउँदै आएको देखियो, जसले बैंकको आम्दानीलाई  सुधार्न  सहयोग  पुर्‍याएको देखिन्छ।

बैंकको निष्क्रिय कर्जा अनुपात  ३.८६ प्रतिशतबाट घटेर ३.८३ प्रतिशतमा झरेको छ, जुन वित्तीय स्थायित्वका दृष्टिकोणले सकारात्मक संकेत हो। बैंकको हालको पूँजी पर्याप्तता अनुपात १३.३२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.०६ प्रतिशतले घटेको  देखिन्छ । येसैगरि बैंकले प्रति सेयर आम्दानी १७.३१ रुपैयाँ कायम राखेको छ, जुन अघिल्लो वर्षको ८.९९ रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो साथै बैंकको नेट वोर्थ  १६३.७९ पुगेको छ जसमा अघिल्लो वर्षाको तुलनामा ११. २३ प्रतिशतको वृद्धि देखिन्छ । 

ADVERTISEMENT

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षमा सञ्चालन क्षमता, कर्जा प्रवाह र नाफा वृद्धि सँगसँगै खराब कर्जा नियन्त्रणमा पनि सुधार देखाएको छ। यद्यपि, पूँजी पर्याप्तता अनुपात केही घटे पनि बैंकको समग्र वित्तीय प्रदर्शन राम्रो देखिन्छ।