काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत भर्खरै सम्पन्न खेलमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
खेलको पहिलो हाफमा न्युजिल्यान्डले १–० को अग्रता बनाएको थियो। १५औँ मिनेटमा फिन समनले हेडमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफभर न्युजिल्यान्डले अग्रता जोगाए पनि दोस्रो हाफमा इजिप्टले खेलमा पूर्ण नियन्त्रण जमायो।
इजिप्टले ५८औँ मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा ल्यायो। त्यसपछि ६८औँ मिनेटमा अर्को गोल थप्दै अग्रता बनायो। खेलको अन्त्यतिर थप एक गोल गर्दै इजिप्टले ३–१ को प्रभावशाली जित सुनिश्चित गर्यो।
दोस्रो हाफमा न्युजिल्यान्डको प्रदर्शन फितलो बन्दा इजिप्टले अवसरको भरपुर उपयोग गर्दै महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो। यस जितसँगै इजिप्टले समूह चरणमा आफ्नो स्थिति मजबुत बनाएको छ।






