चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। चितवनमा आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजना गरिएको हो।

सोमबार बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिहरूको उपस्थितिमा ढिलाइ तथा नास्ता व्यवस्थापनका कारण कार्यक्रम केही समयपछि मात्र सुरु हुने नेताहरूले बताएका छन्।

ADVERTISEMENT

बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक, राजनीतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ। ती प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने कार्यक्रम रहेको छ।

ADVERTISEMENT

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार औपचारिक निर्वाचन कार्यक्रम आज दिउँसो १ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै रास्वपाले मंगलबारसम्म सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने लक्ष्य लिएको छ।

ADVERTISEMENT

 आजको कार्यतालिका