काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १० हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३०५ रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

चाँदी प्रतितोला चार हजार ६४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

ADVERTISEMENT