काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा नेपाली ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । मलेसियाविरुद्ध उनले ४४ बलमा शतक पूरा गरेका हुन् ।
सात छक्का र १० चौकासहित उनले शतक पूरा गरेका हुन् । टी–२०आईमा भुर्तेलको यो तेस्रो शतक हो । १६ ओभरको खेल चलिरहँदा नेपाल तीन विकेटको क्षतिमा २३८ रन बनाएर खेलिरहेको छ ।
नेपाली ओपनर आरिफ शेख ६८ रन र सन्दीप जोरा १५ रन बनाएर आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी ३१ रन बनाएर पेभेलियन फर्केका छन् ।








