काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ६ र चाँदी १७५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ६ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ४० रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८६५ रुपैयाँ कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार पाँच सय र त्यति नै परिमाणको चाँदी पाँच हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।