काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनबारे National Human Rights Commission Nepal ले तयार पारेको अध्ययन प्रतिवेदनसम्बन्धी निर्णय सार्वजनिक गरेको छ।

गत भदौ २३ र २४ गते सम्पन्न नवयुवा आन्दोलनको घटनाक्रममाथि आयोगले छुट्टै अध्ययन तथा अनुसन्धान गरिरहेको थियो। सोही अध्ययनपछि आयोगले कारबाही तथा सुधारसम्बन्धी केही सिफारिस सार्वजनिक गरेको हो।

ADVERTISEMENT

आयोगका अनुसार २०८३ जेठ १२ गते बसेको बैठकले आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनसम्बन्धी निष्कर्ष र सिफारिस पारित गरेको थियो। उक्त सिफारिस कार्यान्वयनका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई औपचारिक पत्राचारसमेत गरिएको आयोगले जनाएको छ।