काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले २७औँ वार्षिकोत्सव मनाएको छ। राष्ट्रिय चलचित्र पत्रकारिता दिवससमेत मनाइएको वार्षिकोत्सवका अवसरमा बिहीबार चलचित्र पत्रकारहरूलाई विभिन्न सम्मान र पुरस्कार वितरण गरिएको छ ।
संघले ५५ हजार ५५५ रूपैयाँ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ अनन्त वाग्लेलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धरलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ कुवेरराज गिरीलाई, ५१ हजार रूपैयाँ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ वैकुण्ठराज पराजुलीलाई, ५१ हजार रूपैयाँ राशिको दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ सुरक्षा भट्टराईलाई र २५ हजार रूपैयाँ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ मिलन ढुंगानालाई प्रदान गरेको छ ।
संघले बिहीबार आयोजना गरेको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, महानायक राजेश हमाल, कलाकारहरू वसुन्धरा भुसाल, भुवन चन्द, करिश्मा मानन्धर, निखिल उप्रेती, रेखा थापा, संघका अध्यक्ष समीर बलामीलगायतले सम्मान र पुरस्कार वितरण गरेका हुन् ।
कार्यक्रममा चैत्यदेवी सिंह, अशोक शर्मा, बद्री पंगेनी, पल शाह, जितु नेपाल, सुरक्षा पन्त, नरेन्द्र महर्जन, उत्तम केसी, अरूणकुमार प्रधान, पुष्कर लामा, नारायण प्रधान, जनक कार्की, वसन्त थापालगायतको उपस्थिति थियो ।





