काठमाडौं । कामना सेवा विकास बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि देशका विभिन्न स्थानबाट आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई लक्षित गरी निःशुल्क भोजन वितरण गरेको छ ।

अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिन अवस्था भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूलाई सहयोग पु¥याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गरिब तथा विपन्न बिरामी तथा कुरुवाहरूका लागि पौष्टिक भोजन आवश्यक रहने अवस्थालाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो ।

ADVERTISEMENT

कार्यक्रम आरती भोजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सी.एस.आर. प्रमुख सुशील पौडेल तथा आरती भोजन परिवारका अध्यक्ष डा. बिनु ाबा अर्यालको उपस्थिति थियो । भोजन वितरण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गरेकोमा अध्यक्ष अर्यालले बैंकलाई धन्यवाद ज्ञापन गरे ।

साथै, गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको बैंकका ब्राण्डिङ तथा सी.एस.आर. प्रमुख पौडेलले बताए ।

आरती भोजन परिवारले २०८१ मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशूल्क भोजन सेवा प्रदान गर्दै आइरहेको छ । हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित हुँदै आएका छन् ।