काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । बैंक र मेदांता अस्पतालबीच भएको सहकार्यसँगै ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट सुविधा प्राप्त गर्ने भएका हुन् ।

बैंकका अनुसार ग्राहकहरूले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवामा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ ।

ADVERTISEMENT

एनएमबि बैंकले ग्राहकहरूको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप लाभ उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य अघि बढाइएको जनाएको छ ।बैंकले यस किसिमका साझेदारीमार्फत ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने प्रयास गरिरहेको उल्लेख गरेको छ ।

थप जानकारीका लागि ग्राहकहरूले एनएमबि बैंकको ग्राहक सेवा नम्बर ०१–५९७०१५० मा सम्पर्क गर्न वा बैंकको आधिकारिक इमेलमार्फत जानकारी लिन सक्ने बैंकले जनाएको छ ।

ADVERTISEMENT

हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटिएम तथा नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।