काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ । पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आजलाई पनि निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा झरेको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार दुई अर्ब ८० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

बिहीबार ३३७ स्टकको ४६ हजार ४०२ पटकको कारोबारमा तीन अर्ब २९ करोड रुपैयाँबराबरको ७९ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्स कम्पनीको ३७ करोड ६८ लाख २६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यसपछि साहस ऊर्जा र एसवाई प्यानल नेपालको साढे १८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । युनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

बिहीबार युनियन हाइड्रोपावरको सेयरमूल्य ९.७९ प्रतिशत बढेको छ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

ADVERTISEMENT

१३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत घटेको छ।