काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१५ अंक घटेर २७४०.२५ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम उच्च अंकले घटेको छ। मंगलबार चार अर्ब ६६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । ३३९ स्टकको ४२ हजार १७६ पटकको कारोबारमा दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार रुपैयाँबराबरको ५६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

बुधबार एसवाई प्यानल नेपाल कम्पनीको २७ करोड ७९ लाख ४६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिडी पावर कम्पनीको करिब १० करोड र साहस ऊर्जाको कारोबार रकम साढे नौ करोड रुपैयाँ नाघेको छ।

आब एसियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ११.४२ प्रतिशत बढेको छ। एसवाई प्यानल नेपालको सेयरमूल्य साढे ४ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।

ADVERTISEMENT

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।