काठमाडौं । अभिनेता जोसेफ विजय थलापति तमिलनाडुका मुख्यमन्त्री नियुक्त भएका छन् । गभर्नर राजेन्द्र आर्लेकरले थालापतिलाई मुख्यमन्त्रीको रूपमा मनोनीत गरेका छन्।
विजयले आइतबार बिहान पद तथा गाेपनीयताकाे शपथ लिनेछन् । उनले मे १३ सम्ममा विधानसभामा विश्वासको प्रस्ताव पेस गर्नुपर्ने छ ।
विधान सभामा विदुथलाई चिरूथाइगल (भिसिके) ले तामिलगा भेट्री कझागम (टिभिके) प्रमुख जोसेफ विजय थलापतिलाई समर्थन प्रदान गर्ने आफ्नो आधिकारिक घोषणासँगै राज्य सरकार गठन हुने भएको हो ।
टिभिके प्रमुख विजयले ११६ विधायकका साथ विगत तीन दिनदेखि सत्ता समीकरणका लागि राजभवनको यात्रालाई निरन्तरता दिएका थिए। उनले बहुमतका लागि थप दुई विधायक जुटाउन नसक्दा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले राज्य सरकार गठनका लागि उनलाई औपचारिक आह्वान गरेका थिएनन्।
शनिबार विसिकेले आधिकारिक रूपमा टिभिके प्रमुख विजयलाई समर्थन गर्ने घोषणा गरेको थियो। कलाकारबाट राजनीतिमा आएका विजयलाई आइयुएमएलका दुई विधायकले पनि समर्थन गरेका छन्। यससँगै टिभिकेले राज्य विधानसभामा ११८ विधायक पुगेका छन् ।










