काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल विजयी भएका छन् । तीन हजार १९६ मतसहित रिजाल विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी डा. मंगल रावलले दुई हजार ९४० र डा. नारायणप्रसाद भुसालले ८६९ मत पाए । रिजाल, रावल र भुसाल प्यानलसहित मैदानमा उत्रिएका थिए ।

ADVERTISEMENT

संघको अधिकांश पदमा रिजालको प्यानलले जित हात पारेको छ । मत परिणामअनुसार दुईजना उपाध्यक्ष र तीनजना सदस्य पदबाहेक अन्य सबै महत्वपूर्ण पदमा रिजाल प्यानलकै विजयी भएका हुन् । चिकित्सक संघको १९ सदस्यीय कार्यसमिति छ । निर्वाचनमा ५६ जना उम्मेदवार थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा तीन हजार ३६ मतसहित डा. सञ्जीव तिवारी निर्वाचित भएका छन् । महासचिवमा दुई हजार ७२२ डा.विश्वराज दवाडी, कोषाध्यक्षमा तीन हजार १८६ मतसहित डा. संयुक्त आचार्य, सह–कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल र सहसचिवमा डा.हुलास अग्रवाल निर्वाचित भए ।

ADVERTISEMENT

संघको कोशी प्रदेशमा डा. रोशन खड्का, मधेशमा डा.अमितरञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. नन्दाकुमारी गुरुङ, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशी निर्वाचित भएका छन् ।