गोरखा । २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु बनाएर आएको विनाशकारी महाभूकम्पले गोरखाको लाप्राकस्थित ऐतिहासिक गुरुङ बस्ती पूर्ण रूपमा ध्वस्त बनायो।

त्यसपछिको पुनर्निर्माण अभियान अन्तर्गत गैरआवासीय नेपाली संघ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताअनुसार धार्चे गाउँपालिका–४ गुप्सीपाखामा लाप्राकवासीका लागि एकीकृत नमुना बस्ती निर्माण गरिएको थियो।

करिब ३२६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बस्तीमा ६०४ घरधुरीका लागि आवास निर्माण गरिएको छ, जसमा अधिकांश घर गैरआवासीय नेपाली संघमार्फत निर्माण गरिएका हुन् भने बाँकी नेपाल सरकारको भूकम्प राहत कार्यक्रमबाट बनेका छन्। टाढाबाट हेर्दा पंक्तिबद्ध घरहरू, वरिपरि हरियाली र वसन्त याममा डाँडाकाँडामा फुलेका राताम्य लालीगुराँसले बस्तीलाई अत्यन्त सुन्दर र आकर्षक बनाउने गर्दछ । उज्यालो घाममा टल्किने छाना र फूलले सजिएका पहाडले जो–कोहीलाई लोभ्याउने गरेको छ ।

ADVERTISEMENT

सडक सञ्जालको पहुँचले गर्दा गोरखा जिल्लाकै दुर्गम लाप्राक गाउँमा अहिले सजिलै सँग पुग्न सकिन्छ । बारपाक देखि लाप्राक सम्मको सडक स्तरोन्नति भएसँगै नमुना बस्ती हेर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।

ADVERTISEMENT

default