काठमाडौं । कांग्रेसले संसदीय दलको प्रमुख सचेतक बासना थापा र सचेतक निश्कल राईलाई बनाउने भएको छ ।
सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले थापा र राईको नाम प्रस्ताव गरेका हुन् ।
पार्टीभित्र संसदीय गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित थापा र राईको नाम प्रस्ताव गरिएको नेताहरूले बताएका छन् । थापा र राईलाई संसदीय दलको नेता बनाउनुपर्ने आवाजसमेत उठेको थियो ।
थापा दैलेखबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् भने राई इलाम १ बाट निर्वाचित सांसद हुन् ।
लामो रस्साकस्सीपछि कांग्रेसले भीष्मराजलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले नेता र सचेतकको निर्णय अनुमोदन गर्ने भएको छ ।






