काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको समसामयिक अवस्था र पार्टीको आन्तरिक स्थितिबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन्।उनले विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा आयोजना गरेको छलफलमा विभिन्न क्षेत्रका बुद्धिजीवी तथा कांग्रेससँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल लगायत सहभागी थिए।
त्यसैगरी, नयाँ पुस्ताका प्रतिनिधिका रूपमा अभिजित अधिकारी र करिना पुरीको पनि उपस्थिति रहेको थियो।दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको छलफलमा नेपाली कांग्रेसका अन्य नेताहरू—डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल पनि सहभागी भएका थिए।
छलफलमा देशको वर्तमान राजनीतिक अवस्था, कांग्रेस पार्टीको भूमिका, आन्तरिक सुधार तथा आगामी रणनीतिबारे विचार आदान–प्रदान भएको बताइएको छ।







