महेन्द्रनगर। वैशाखः जानकी नवमीका अवसरमा जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान सम्पन्न भएको छ। बिहानैदेखि हजारौँ हिन्दू धर्मावलम्बीहरू उक्त स्थानमा भेला भई पूजाआराधना, भजनकीर्तन तथा विभिन्न धार्मिक अनुष्ठानमा सहभागी भएका थिए।

सो अवसरमा जानकी मन्दिरका सह–महन्त रामरोशन दास वैष्णवसहित साधुसन्त र धार्मिक अगुवाहरूले शाही स्नान गरेका छन्। शाही स्नानलाई जानकी नवमीको मुख्य आकर्षणका रूपमा लिने गरिन्छ, जसले माता जानकीप्रति श्रद्धा र आस्था अझ बलियो बनाउने विश्वास गरिएको छ।

ADVERTISEMENT

यसअघि जानकी मन्दिरबाट बाजागाजा, धार्मिक झाँकी र ध्वजापताकासहित भव्य शोभायात्रा निकालिएको थियो। उक्त शोभायात्रा जानकी घाट पुगेर शाही स्नानमा परिणत भएको थियो।

ADVERTISEMENT

आज दिउँसो १२ बजे जन्म आरती तथा बधाई गान कार्यक्रम पनि आयोजना गरिएको छ। साथै अपराह्न ४ बजेदेखि मन्दिरबाट डोला शोभायात्रा निकालेर नगर परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ।

साँझ जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको सह–महन्त वैष्णवले जानकारी दिएका छन्।

ADVERTISEMENT