मुम्बई।  बलिउड सुपरस्टार शाहरूख खानको आगामी फिल्म ‘किङ’ले रिलिजअघि नै ठूलो व्यापारिक सफलता हासिल गरेको छ। फिल्मले प्रदर्शन हुनुअघि नै २५० करोड भारतीय रुपैयाँको थिएटर वितरण सम्झौता गरेको छ।

भारतीय सञ्चारमाध्यम Bollywood Hungama का अनुसार भारतभरको वितरण अधिकार पेन मरुधर कम्पनीले उक्त रकममा किनेको हो। पेन मरुधर र शाहरूखको प्रोडक्सन टिमबीच पुरानो सहकार्य रहँदै आएको छ। कम्पनीले यसअघि ‘जवान’, ‘डंकी’, ‘जिरो’ र ‘बदला’ जस्ता फिल्म रिलिज गरिसकेको छ।

ADVERTISEMENT

करिब ४०० करोड भारू बजेटमा निर्माण भइरहेको यो फिल्मका निर्देशक सिद्धार्थ आनन्द हुन्। फिल्ममा दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपूरअरशद वारसी लगायत कलाकारको सहभागिता रहनेछ।

ADVERTISEMENT

‘किङ’ २४ डिसेम्बर २०२६ मा भव्य रूपमा रिलिज गर्ने तयारी गरिएको छ। रिलिजअघि नै भएको ठूलो डिल र उच्च बजेटका कारण फिल्मप्रति व्यापारिक अपेक्षा निकै उच्च बनेको छ।