काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्रीमा चयन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री बनाउने प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
यसअघि शाह पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पद त्यागेर रास्वपामा प्रवेश गर्दा भूपदेव शाह पनि उनीसँगै सचिवालयमा संलग्न भएका थिए।
बालेनका प्रमुख स्वकीय सचिवका रूपमा काम गरेका शाहलाई उनका निकट सहयोगीका रूपमा समेत चिनिन्छ।
हालै फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम–२ बाट उम्मेदवार बनेका थिए, तर निर्वाचनमा पराजित भएका थिए।







