काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै नेपाल आयल निगम पुगेका राष्ट्रिय जेनजी नागरिक अभियानका सदस्यलाई प्रहरीले हटाएको छ। सोमबार निगम परिसरमा पुगेर विरोध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले बल प्रयोग नगरी नियन्त्रणमा लिएको हो।

प्रदर्शनकारीहरूले बढ्दो इन्धन मूल्यले सर्वसाधारणको जीवनयापनमा गम्भीर असर परेको भन्दै तत्काल मूल्य समायोजन गर्न माग गरेका थिए। उनीहरूले सरकार र सम्बन्धित निकायप्रति दबाब सिर्जना गर्न निगम परिसरमै प्रदर्शन गर्ने योजना बनाएका थिए।

ADVERTISEMENT

तर, सुरक्षाको कारण देखाउँदै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको थियो। पछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर बबरमहल चोकमा राखेको जनाएको छ।

ADVERTISEMENT