काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह बालेनको विरोध गरेर कन्टेन्ट बनाउने युट्युबर पक्राउ परेका छन् ।
युट्युबमा प्रधानमन्त्री बालेनलगायतका नेताहरूलाई गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
ह्याडस नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दश दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले बताए ।
बालेनसहित अहिलेको सरकारमा रहेका अधिकांश मन्त्री हिजो कांग्रेस, एमाले र माओवादीलाई गाली गरेर स्थापित भएका नेता हुन् । विगतमा आफूले गाली गर्दा सुरवीर ठान्ने नेताहरू अहिले प्रधानमन्त्री र मन्त्री बनेपछि आफ्नो हैसियतमा उत्रिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।







