काठमाडौं। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र नेताहरूविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल थुनामुक्त भएका छन्। उनी आइतबार (चैत २९) परिवारको जिम्मामा रिहा भएका हुन्।

पोखरेललाई चैत २६ गते पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो। उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतका नेताविरुद्ध गालीगलौज गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लागेको थियो।

ADVERTISEMENT

उनीमाथि अनुसन्धानका लागि प्रहरीले पाँचथर जिल्ला अदालतबाट १० दिनको म्याद समेत लिएको थियो। तर, घटनालाई लिएर चौतर्फी आलोचना भएपछि प्रहरीले उनलाई छाड्ने निर्णय गरेको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार पोखरेललाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाइएको हो।

ADVERTISEMENT