काठमाडौं। प्रहरीको नियमित गस्तीका क्रममा देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट खैरो हेरोइन, चिकित्सकको सिफारिसमा मात्र पाइने ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई जनालाई शुक्रबार पक्राउ गरिएको हो।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्।पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।







