काठमाडौं। नेकपा एमाले को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन्। उनी पार्टीका उपाध्यक्षसमेत हुन्।दलको नेता चयनका लागि बुधबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा संसदीय दलको बैठक बसेको थियो। बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो।
निर्वाचन प्रक्रियामा बादलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध रूपमा संसदीय दलको नेतामा चयन भएका हुन्। निर्वाचन अधिकृत नीरज आचार्यका अनुसार संघीय संसदीय दलको विधान २०७७ अनुसार प्रक्रिया पूरा गरी नेता चयन गरिएको हो।
यसअघि प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए। तर, उम्मेदवारी दर्ताका लागि आवश्यक प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उनको दाबी प्रक्रिया अगाडि बढ्न सकेन।
यससँगै एमाले संसदीय दलको नेतृत्व अब बादलले सम्हाल्ने भएका छन्।








