काठमाडौं । ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने भएको छ ।
प्रविधिको प्रवर्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक एआई÷एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो ।
बैंकले कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन दोश्रो संस्करण २०२६ आगामी मे २९–३१ मा आयोजना गर्नेछ ।
प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरुका लागि आवेदन खुल्ला गरिएको छ । प्रतियोगितामा सहभागी हुन मे ४ भित्र बैंकको वेवसाइटमार्फत् आवेदन दिन सकिनेछ ।
पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकाले बैंकले ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्न लागेको हो ।
ह्याकाथन प्रतियोगिताले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मी र सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ्ग सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैंकको विश्वास छ । यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने नवीनतम् सेवा विकास र सम्भावित चुनौतीको समाधान खोज्नसमेत सहयोग पुग्ने बैंकले जनाएको छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले दि अटोनोमस क्रेडिट एण्ड लेन्डिङ्ग अर्केस्टे«टर, एजेन्टिक फ्रड डिटेक्शन, दि मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क– एआई ड्रिभन इन्टुजन डिटेक्शन (आईडीएस) लगायत बैंकले तोकेका विषयहरुमा केन्द्रित रही आफ्ना अबधारणाहरु प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसरसमेत प्रदान गरिनेछ ।
प्रविधिमैत्री वित्तीय सेवाहरु प्रवद्र्धन गर्न र डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउदै नविनतम् अबधारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।








