काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह बोलनलाई नियुक्त गरेका थिए। राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरू सबैले सिंहदरबार पुगेर पदभार गरिसकेका छन् ।

मन्त्रीहरू पदभार ग्रहण गरिसकेर प्रधानमन्त्री कार्यालय पुगेलगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेनले सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे मन्त्रीहरूलाई निर्देशन दिएका छन् । अहिले मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेनले पहिलो बैठकबाटै केही नयाँ र महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।