काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय गरिएको छ।

सरकार गठनपछिका समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल गर्न बैठक बोलाइएको बुझिएको छ। स्रोतका अनुसार बैठकमा सरकारका प्राथमिकता निर्धारण, शासकीय सुधारका कार्यक्रम तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुन सक्नेछ।

ADVERTISEMENT

 

ADVERTISEMENT