काठमाडाैं । सरकारले सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई एआइजी पदमा बढुवा गरेकाे छ । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा पाेखरेललाई बढुवा गरेकाे हाे ।
आजको बसेकाे मन्त्रिपरिषद् बैठकले युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्रामबाट ओजन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय पनि गरेकाे छ ।
यस्तै, २०८० भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय भएकाे छ ।
यसैगरी भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) तथा सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्ति गर्ने निर्णय भएकाे सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पाेखरेलले जानकारी दिए ।








