काठमाडौं। ग्लोबल आइएमई बैंकले पौभा कलाको दिव्य रङ्ग र दर्शन समावेश गरिएको नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठान का संस्थापक तथा कार्यकारी निर्देशक सन्दुक रुइले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन्।


बैंकका अनुसार क्यालेन्डरमा नेवार समुदायसँग गहिरो सम्बन्ध रहेको पौभा कलाका दुर्लभ तथा मौलिक चित्रहरू समावेश गरिएको छ। पौभा कला नेवार जातिको परम्परागत चित्रकला हो, जसले धार्मिक तथा दार्शनिक पक्षलाई चित्रमार्फत प्रस्तुत गर्ने विशेषता बोकेको हुन्छ।थान्कासँग मिल्दोजुल्दो देखिए पनि पौभाको आफ्नै विशिष्ट पहिचान र गहिरो दर्शन रहेको उल्लेख गर्दै बैंकले नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले यस्ता क्यालेन्डर प्रकाशन गर्दै आएको जनाएको छ।

ADVERTISEMENT

यसअघि बैंकले २०७९ मा मिथिला कला, २०८० मा मण्डला चित्रकला, २०८१ मा स्वदेश फर्काइएका प्राचीन कलाकृति तथा २०८२ मा पुराना नेपाली जीवनशैली झल्काउने तस्वीर समावेश गरी क्यालेन्डर सार्वजनिक गरेको थियो।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रिता गुरुङ्ग लगायत बैंकका उच्च व्यवस्थापनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

ग्लोबल आइएमई बैंक देशभर शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी वाणिज्य बैंकका रूपमा परिचित छ। बैंकले ७७ वटै जिल्लामा आफ्ना सेवा विस्तार गर्दै ३५२ शाखा, ३७९ एटिएम तथा अन्य सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गर्दै आएको छ र विदेशबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै नेपाली अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ।

ADVERTISEMENT