काठमाडौँ । रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा शपथ लिएका हुन्।समारोहमा रामसहायप्रसाद यादव, सुशीला कार्की, प्रकाशमानसिंह राउत, नारायण दाहाल लगायत मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले नयाँ निर्वाचित सांसदहरूलाई शपथ गराउने संवैधानिक जिम्मेवारी पाउने व्यवस्था छ। केसी बुधबार नै सभामुखकाे कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।







