काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल सातवटै प्रदेशमा रहेका अफ्ना १०८ शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विकको अवसर पारेर बैंकले स्मार्ट मनी टक्स भन्ने मूल नाराका साथ चैत २ देखि ८ गतेसम्म हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गरेको छ । वित्तीय साक्षरता कार्यक्रमबाट करिब ६ हजार मानिस लाभान्वित भएको बैंकले जनाएको छ ।

ग्लोबल मनि विकअन्तर्गत बैंकले कोशी प्रदेशको बनिगामा, बिर्तामोड, दिक्तेल, इटहरी, गाईघाट, इनरुवा, लौकाही, दुहबी, हरिनगर, दमक, पथरी, हल्दिबारी, कञ्चनबारी २, डाँगीहाट र विराटनगर, मधेश प्रदेशको कञ्चनरूप, लोहरपट्टी, पथलैया, बर्दिबास, फतेपुर, वीरगञ्ज, महेन्द्रनगर (धनुषा), पाटो, औरही, गौशाला, धनुषाधाम, गरुडा, कल्याणपुर, लाहान, निजगढ, रामगोपालपुर, बोदेबरसाइन र राजविराजमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

ADVERTISEMENT

यस्तै, बाग्मती प्रदेशको चरिकोट, कुलेश्वर, कलंकी, ग्वार्को, बनेपा, नारायणघाट, सिनामंगल, मंगलपुर, धार्के, हेटौडा, नयाँ बानेश्वर, सिन्धुली, देविघाट, पानीपोखरी, भैंसेपाटी, धुम्बाराही, ठसिखेल, हरिहरपुरगढी, इमाडोल, ज्यामिरे, काडाघारी, कुपण्डोल, कोटेश्वर, मनहरी, डिल्लीबजार, टोखा र थापाथली, गण्डकी प्रदेशको भोटेओडार, चामे, कावासोती, धारापानी, कोल्हुवा, बिरौटा,पोखरा, बागलुङ, अमरापुरी, अरुणखोला र दमौली, लुम्बिनी प्रदेशको जिमिरेभर, रामापुर, ओडारी, बढैयाताल, बेलाटारी, भालुही, महेशपुर, परासी, सिद्धार्थनगर, कोहलपुर, शीतलनगर, घोराही, गुलरिया, भुताहा, इमिलिया, झिमरुख, लमही, मुरगिया, तौलिहवा, तुलसीपुर, सिमलचौर, बंगलाचुली, सुनवल, रानीबगिया, भुमही र जितपुरमा पनि कार्यक्रम गरेको छ ।

बैंकले कर्णाली प्रदेशको जुफाल, सिमीकोट, दुल्लु, जुम्ला, डोल्पा, गमगढी, सुर्खेत र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको अत्तरिया, ढकारी र बझाङमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको जनाएको छ ।

ADVERTISEMENT

कार्यक्रममा उपस्थित युवा तथा विद्यार्र्थी वर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको थियो । यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्नसमेत कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बंैकिङ प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट २० लाख दुई हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।