काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

दुलालका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूलाई आमन्त्रण गरिएको छ । बैठकका एजेन्डाबारे जानकारी नगराइए पनि चुनावी समीक्षा हुने नेताहरूले बताएका छन् ।

ADVERTISEMENT

कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा गरेको छैन । यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि नेताहरूले अब बस्ने केन्द्रीय समिति बैठकमार्फत समीक्षा गर्ने बताएका थिए । अघिल्लो कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदहरू छनोट गरेको थियो ।

शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले राजीनामा दिने चर्चा पनि चलेको छ । आमनिर्वाचनमा कांग्रेसले सर्मनाक पराजय बेहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले मार्गप्रशस्त गर्नसक्ने सम्भावना धेरै रहेको बताइन्छ ।

ADVERTISEMENT

थापा स्वयंले उपसभापति विश्वप्रकाश शर्मासँगको छलफलमा आफूले राजीनामा दिने बताइसकेका छन् । तर चौतर्फी रूपमा गगनलाई राजीनामा नभई नियमित १५औं महाधिवेशन गराउन दबाब परेको छ । चुनावमा गगन थापाकाे हार भएपछि शेरबहादुर देउवा उत्साहित बनेकाे छ । देउवा पक्षले गगनकाे राजीनामा माग्दै विशेष महाधिवेशनकाे औचित्य समाप्त भएकाे बताएकाे छ ।