काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ।पछिल्लो अपडेट अनुसार राति साढे १० बजेसम्म रास्वपाले ५० लाख १४ हजार ८९१ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपाले समानुपातिकमा पनि ठूलो मत ल्याएसँगै समग्र प्रतिनिधिसभामा दुई तिहाइ नजिक पुग्ने सम्भावना देखिएको छ।

समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १६ लाख ९५ हजार २६६ मत पाएको छ भने तेस्रो स्थानमा रहेको नेकपा एमाले ले १४ लाख १३ हजार ६९ मत प्राप्त गरेको छ।त्यस्तै चौथो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी ले ७ लाख ६७ हजार ३२७ मत ल्याएको छ।

ADVERTISEMENT

अन्य दलतर्फ पाँचौं स्थानमा रहेको श्रम संस्कृति पार्टी ले ३ लाख ५८ हजार ४६८ मत प्राप्त गरेको छ भने छैटौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २५ हजार ३७५ मत ल्याउँदै समानुपातिकतर्फ आवश्यक थ्रेसहोल्ड पार गरेको छ।

ADVERTISEMENT

समानुपातिक मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन आयोग ले जनाएको छ।