काठमाडौं। निर्वाचनको मौन अवधिमा अवैध गतिविधिमा संलग्न भएको आरोपमा दुई जना उम्मेदवार पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार मौन अवधिमा अवैध नगदसहित उम्मेदवारहरू नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार आरेश्वर यादवलाई ठूलो परिमाणमा नगदसहित पक्राउ गरिएको छ। त्यस्तै, पर्सा क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार मनोज चौधरी पनि नियन्त्रणमा परेका छन्।
चौधरीको साथबाट संकास्पद वस्तु समेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि कानुनविपरीत हुने भएकाले त्यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।
मौन अवधिमा दुई उम्मेदवार पक्राउ, अवैध नगदसहित नियन्त्रणमा








