काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउनु भन्ने निर्वाचन आयोगको निर्णयको फाइल मगाउन आदेश गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरु डा. नहकुल सुवेदी र मेघराज पोखरेलको सोमबारको इजलासले प्रसाईको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै फागुन ४ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको फाइल मगाएको हो । त्यही निर्देशनका आधारमा आफूहरुले प्रसाईलाई पक्राउ गरी अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंको दाबी थियो ।

ADVERTISEMENT

सर्वोच्च अदालतले यसअघि नै प्रसाईले पेस गरेको मुद्दाको फाइल झिकाउन आदेश दिँदै मंगलबारका लागि मुद्दाको पेशी तोक्न भनेको हो ।

प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट प्रसाईंमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो। त्यसका आधारमा सर्वोच्चले आयोगको पत्रसहित अनुसन्धानको सक्कल फाइल झिकाउन लगाएको हो।

ADVERTISEMENT

प्रसाईंको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटलाई सर्वोच्चले प्राथमिकतामा राखेको छ। यसमाथि मंगलबार पेसी तोकिएको छ। सम्भवतः दाबी प्रमाण नपुग्ने देखिएमा सर्वोच्चले भोलि प्रसाईलाई रिहा गर्न आदेश दिनसक्ने सम्भावना छ । सरकारले निर्वाचनको मितिसम्म प्रसाईलाई थुनामै राख्ने प्रपञ्च गरिरहेको बुझिन्छ ।