काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

सोमबार साइबर ब्युरोले म्याद थपका लागि प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । अदालतले अनुसन्धानका लागि उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो ।

ADVERTISEMENT

खतिवडा जेनजी शहीद रसिक खतिवडाकी आमा हुन् । प्रसाईंले सामाजिक सञ्जालमार्फत शहीदलाई लिएर अपमानजनक टिप्पणी गरेको आरोपमा खतिवडाले उजुरी दिएकी थिइन् ।

प्रसाईं यसअघि पनि विभिन्न घटनामा पक्राउ पर्दै आएका छन् । उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

ADVERTISEMENT

त्यसअघि गत भदौ ४ गते प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । सर्वोच्च अदालतको आदेशपछि प्रहरीले उनको घरबाट बरामद गरिएका सामान फिर्ता गरेको थियो ।